पशुपति शर्मा अब चलचित्रमा नायक बन्दै
लोक दोहोरि गायन क्षेत्रमा स्थापित नाम हो , पशुपति शर्मा। गायनमा सफलता हासिल गरेका थुप्रै सर्जक चलचित्र अभिनयमा देखिएका छन्। यहि बीचमा रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्रमा शर्माको अभिनय रहने भएको हो। चलचित्र नाम भने निर्माण टिमले गोप्य रकहेको छ।

चलचित्रका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन् भने निर्माता रघुनाथ सापकोटा रहेका छन्। चलचित्र आगामी असारको दोस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको बताइएको छ।
लोकदोहोरी गायनमार्फत नेपाली दर्शकमाझ विशेष लोकप्रियता हासिल गरेका पशुपति शर्माले अब चलचित्रमार्फत पनि आफ्नो फरक क्षमता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।




