चलचित्र ‘पेन्सन पट्टा’ को विदेश प्रदर्शन अधिकार बिक्री सुरु
माओत्से गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘पेन्सन पट्टा’ को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको चलचित्रको बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री भएको हो । चलचित्रको बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको छ ।

लेखक तथा निर्देशक माओत्से गुरुङले चलचित्रको कुनै पनि प्रचार सामाग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले उत्साहित बनाएको बताए ।अन्य केही देशबाट पनि रिलिज अधिकार किन्न अफर आएकाले चाँडै फाइनल हुने चरणमा रहेको निर्देशक गुरुङले जानकारी दिए ।
माओत्स गुरुङको लगानी रहेको चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पुस्कर गुरुङ्ग, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, सोल गुरुङ, राज थापा काउछा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिवी गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कालाकारको अभिनय रहेको छ ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा मीन कोन्मे गुरुङ (युके), भोज बहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहने छ।




