प्रियंका र बर्षाले सुरु गरे ‘टिका’ छायांकन
कास्की जिल्लाको पामेबाट चलचित्र ‘टिका: स्टेटलेस सोल’ को छायांकन सुरु भएको छ। ३० दिनको कास्कीको सेड्युल रहेको चलचित्रको थप १० दिन काठमाडौं सेड्युल रहने निर्माण टिमले जानकारी दिएको छ। कास्कीको पोखरा र त्यस आसपास पामे, सराङकोट, निरभाने लगायतका ठाउँमा चलचित्रको छायांकन गरिने कार्यकारी निर्माता तेजबिक्रम केसीले बताए ।

भविष्य फिल्मस् प्रालि र थर्ड आई आर्ट्सको ब्यानरमा निर्माण भैरहेको चलचित्रको निर्माता भविष्य खड्का हुन्। महिला प्रधान भनिएको चलचित्र भदौ २६ गतेबाट रिलिज हुने निर्माण टिमले जानकारी दिईसकेको छ। शंकर कार्कीको निर्देशन रगरिएको चलचित्रमा आकाश उखेडा र जीवन ढुंगेल मुख्य सहायक निर्देशक छन् । प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल र आयुषी ढकाल प्रमुख भुमिकामा रहेको चलचित्रमा नरेन्द्र मैनालीको सिनेमाटोग्राफी रहनेछ।




