मुकुन र सुरक्षाको ‘चमेलीको पोई’ असोजमा रिलिज तय
पारिवारिक कमेडी जनरामा निर्माण भएको चलचित्र ‘चमेलीको पोइ’ ले प्रदर्शन मिति तय गरेको छ। एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको चलचित्र असोज १६ गतेबाट रिलिज हुनेछ। धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता, सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,प्रदिपकुमार सापकोटा र यमप्रसाद वली सह-निर्माता, उदय बिक्रम राणा, रितु मल्ल ठकुरी र कपील आचार्य कार्यकारी निर्माताको रहेका छन्।

चलचित्रमा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई,रविन्द्र झा,अंशु महर्जन,खड्कबहादुर पुन (खबपु),उमेश राई, रजनी गुरुङ,सुनीता सापकोटा,गणेश गौतम,प्रेमदेव गिरी,धनलक्ष्मी बोहरा,श्रेया नारायण,अनुष्का नारायण,मिना आरएल शाही,रितु मल्ल ठकुरी,अनाररत्न बज्राचार्य,विन्दु आचार्य लगायतको अभिनय छ । हास्यकलाकार त्रिपाठी लामो समयपछि चलचित्रको पर्दामा फर्किदैछन्।




