चलचित्र ‘अक्षरा’ को तीज गीतमा रिस्ता र न्यान्सीसंग नाचे सुशील


विनयराज पौडेलको निर्देशन रहेको चलचित्र ‘अक्षरा’ भदौ २६ गतेबाट रिलिज हुँदैछ। रिलिज मिति नजिकिदै गर्दा चलचित्रको टिमले एक नयाँ गीतको छायांकन गरेको छ। काठमाडौंकाे गाेकर्णस्थित उत्तरबाहिनी मन्दिरमा साेमबार तीज गीत “नाँचाैं न बरि लै” काे छायांकन गरिएको हो ।समीक्षा अधिकारीको स्वर रहेको गीतमा कर्णराज गिरीकाे संगीत र सुरेन्द्र राणाकाे शब्द रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार रिस्ता बस्नेत, न्यान्सी खड्का र सुशील सिटौलाकाे अभिनय छ।

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको चलचित्रको निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना र कार्यकारी निर्मातामा सुरज थापाकाजी रहेका छन्। चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य अभिनय छ। चलचित्रमा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाको अभिनय छ। अभिमन्यु निरवीको पटकथा तथा संवाद चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्