चलचित्र ‘हली’ को टिजर सार्वजनिक


चलचित्र ‘हली’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा छाउपडी कुप्रथाको कथालाई समावेश गरिएको छ। घरकी छोरी महिनावारी हुँदा छाउगोठमा राखिएको छ। एक बालिकालाई गोठमा राखेपछि परिवार तथा बुबाको समेत मुख हेर्न हुन्न भन्ने नेपाली समाजको कथालाई टीजरमा प्रस्तुत गरिएको छ। जसको विरुद्ध एक पढेलेखेका युवाले समाजलाई नै मुद्धा हालेका छन्।

साउन २२ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन रहेको छ। चलचित्रमा ओमप्रतिक, सरोज खनाल,प्रमोद दीप,अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रमा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ।

केहि समय अगाडी सार्वजनिक एक प्रमोसनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा लगायत फिचर थिए। चलचित्रको कार्यकारी निर्मातामा अर्जुन भुसाल, सह–निर्मातामा नम्रता भण्डारी र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन् ।

प्रतिक्रिया दिनुहोस्