दर्शकको कौतुहलता बढाउने ‘झिंगे दाउ २’ पोष्टर
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘झिङ्गे दाउ २’ को टिमले आफ्नो प्रचारलाई सुरुवात गरेको छ । तीन नयाँ पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले असोज २ गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रचार आरम्भ गरेको हो। चलचित्रका प्रमुख कलाकारलाई प्रस्तुत गरिएको पोष्टरले चलचित्रको पृष्ठभुमी, कलाकारको लुक्स र कथा वस्तुलाई प्रस्तुत गर्ने कोसिस गरेको छ। एक पोस्टरमा केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा छन् । हिउँवाला गौतम, महेश त्रिपाठी र कुशल बिष्टको भावुक अनुहार देख्न सकिन्छ ।

यस्तै, अर्को एक पोष्टरमा दशैंको उमंग देख्न सकिन्छ । मुख्य चार पात्रहरु दशैंको उमंगमा रमाएका छन् । यसले चलचित्रको कथावस्तुमा दशैंलाई समेत समावेश गरेको प्रष्ट हुन्छ । तेस्रो पोष्टरमा आर्यन सिग्देललाई पनि देखाइएको छ । मुख्य चार पात्रहरु अचम्मित भावमा देखिएका छन् भने आर्यनले उनीहरुलाई रोकेको जस्तो देखिन्छ ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान, विनोद कुमार पौडेल लगायतका कलाकारहरुको अभिनय छ । मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले चलचित्रमा गेष्ट कलाकारको रुपमा प्रस्तुत भएका छन्। कपनगढी सिनेमा प्रा.लि र फिल्म क्र्यू नेपाल प्रा.लिको प्रस्तुतिमा तयार भएको चलचित्रमा सुलभ प्रतिक, प्रतिक देउजा, समिक्षा देउजाको लगानी छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा सुलभ प्रतिक देउजा, समिक्षा देउजाको लगानी छ । विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य, रोशन श्रेष्ठ एक्सन छ ।




