छायांकनरत चलचित्र ‘महाराजधिराज’ मा पूजना प्रधान अनुबन्धित
परिच्छेद सेनको निर्देशनमा तयार भैरहेको चलचित्र ‘महाराजधिराज’ को यतिबेला धमाधम छायांकन भैरहेको छ। लगभग ५० प्रतिशत छायांकन सम्पन्न भएको चलचित्रमा अभिनेत्री पुजना प्रधान अनुबन्ध भएकी छिन्।

सोमबार ‘महाराजधिराज’को ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध गरेको जानकारी दिएको हो । “हामी एक अब्बल कलाकारको खोजीमा थियौँ । त्यसैले पूजनालाई हामीले अनुबन्ध गराएका छौँ,” ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भने, “उहाँको प्रवेशले हाम्रो टिम थप सशक्त बनेको छ ।”
सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन अहिले काठमाडौंमा भइरहेको हो । चलचित्रको छायांकन सेड्युल ७० दिनको छ ।
सोसल पिरयड ड्रामा चलचित्रलाई नबराज थापाले खिचिरहेका छन्।
चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी., सुशील सिटौला, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटा,कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढा लगायतका कलाकरको अभिनय रहनेछ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । ‘महाराजधिराज’का निर्मातामा रवि खड्का र टोपेन्द्र विष्ट हुन् ।




