जितू र प्रियंकाको ‘कार्की साइला’ असोज २ मा रिलिज तय


अभिनेता जितू नेपाल र अभिनेत्री प्रियाना आचार्य प्रमुख भुमिकामा रहेको चलचित्र ‘कार्की साइँला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले चलचित्रको एक आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गतेलाई नयाँ प्रदर्शन मिति तोकेको हो।

यसअघि आगामी साउन १ गतेबाट प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रको नयाँ प्रदर्शन मिति निर्माण टिमले सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी) लाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएको उनीहरूको प्रेमिल भावले चलचित्र प्रेमकथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ। तर दुवै केहि गम्भीर देखिएका छन्। यसले चलचित्रको कथा भावनात्मक रहेको अनुमान गर्न सकिन्छ।

राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा जितु र प्रियनाका साथै सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ। कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन्। त्यस्तै चलचित्रको कार्यकारी निर्मातामा अनन्त राई रहेका छन्।

प्रतिक्रिया दिनुहोस्