‘कंगाल करोडपति’ बन्दै मुकुन भुषाल
चलचित्र ‘कंगाल करोडपति’को प्रमुख भुमिकामा अभिनेता मुकुन भुषाल अनुबन्ध भएका छन्। प्रविन आचार्यको प्रस्तुतीमा निर्माण हुने चलचित्र उनी प्रमुख भुमिकामा अनुबन्ध भएका हुन्। पछिल्लो समय धेरिया स्क्रिप्ट पढ्ने अभिनेतामा मुकुन पनि पर्ने गर्दछन्। सोहि स्क्रिप्ट मध्ये चलचित्रको कथा र आफ्नो पात्र रोचक लागेकाले आफु जोडिएको मुकुनले बताए। राजु श्रेष्ठको निर्देशनमा तयार हुने चलचित्र सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुँदैछ।

अनिलकुमार बुढाथोकी निर्माता रहेको चलचित्रको सहनिर्मातामा छिरिङ तामाङ हुन्। सुमन गजमेरको लेखन रहने चलचित्रको अन्य कलाकार र प्राविधिकको जानकारी गराईएको छैन। निर्देशक राजु श्रेष्ठका अनुसार कलाकार छनोट प्रक्रिया पूरा हुनेबित्तिकै कार्यशाला सञ्चालन गरी चलचित्र छायांकनमा जाने तयारी गरिएको छ।




