‘पिके डन’ को ‘तरंग’ मङ्सिरमा रिलिज तय


चलचित्र ‘तरंग’ को रिलिज मिति तय गरिएको छ। दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सक्रिय रहेका प्रदिप कुमार चौधरीको निर्देशनमा तयार भएको चलचित्र मङ्सिर १८ गतेबाट प्रदर्शनमा आउनेछ। प्रदिप नेपाली चलचित्र क्षेत्रमा ‘पिके डन’ को नामले परिचित रहेका छन्। देवदत क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रमा तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता र कार्यकारी निर्माता हरिनारायण चौधरी रहेका छन्। चलचित्र निर्माणमा देवदत क्रियशनसँग एवी फिल्मीले सहकार्य गरेको छ ।

निर्माण टिमले सार्वजनिक गरेको पोष्टरमा प्रमुख कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा फिचर्ड छन् । चलचित्रमा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन् ।

महेश पौडेलले छायांकन गरेको चलचित्रमा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ । चलचित्रका गीतहरूमा सुगम पोखरेल, मेलिना राई, पवन गिरी, मनोज महतो, मनोज थापा मगरले स्वर भरेका छन् ।

मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको चलचित्रलाई निर्देशक चौधरीले सुपर नेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा) को संगम भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्