चलचित्र ‘लज्जावती’ का क्यारेक्टर पोस्टर सार्वजनिक
साउन २९ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘लज्जावती’ ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले शुक्रबार एकैसाथ पाँच पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरूको फरक-फरक लुक्स प्रस्तुत गरिएको छ। एक पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन्। अर्को पोस्टरमा मुकुन भुसालको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको दृश्य छ भने जानुका विश्वकर्मा र मेनुका माझी पनि देखिन्छन्। यसले चलचित्र पारिवारिक सम्बन्धसँगै हास्य र भावनात्मक पक्षलाई पनि समेटिएको अनुमान गर्न सकिन्छ।

अर्को पोस्टरमा श्रीकृष्ण निरौला र मेनुका माझीसँग मुकुन भुसाल गम्भीर भावमा देखिएका छन् । आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको चलचित्रका लेखक तथा निर्देशक राजबहादुर साने हुन्। चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठ लगायत कलाकारहरूको अभिनय रहेको छ।
सौरभ वली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।




