पूजा शर्माको ‘रत्यौली’ फागुनमा रिलिज तय


अभिनेत्री पूजा शर्माको प्रस्तुतीमा तयार हुने चलचित्र ‘रत्यौली’ ले रिलिज मिति तय गरेको छ। मुस्कान ढकालको निर्देशनमा तयार हुने चलचित्र फागुन २१ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ।

चलचित्रमा विजय वराल र पूजा शर्मा प्रमुख भुमिकामा रहेका छन्। नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रलाई सुरज आचार्यले निर्माण गर्दैछन्। केहि समय अगाडी सार्वजनिक पोष्टरले नै चर्चामा आएको चलचित्र भदौबाट छायांकनमा जानेछ। सामाजिक कथावस्तुमा तयार हुने चलचित्र महाशिवरात्री र नारी दिवसको अवसरमा रिलिज हुन् लागेको हो।

प्रतिक्रिया दिनुहोस्