‘कंगाल करोडपति’ मा सलिना तामाङ अनुबन्ध


चलचित्र ‘कंगाल करोडपति’ मा मुख्य अभिनेत्रीको रुपमा सलिना तामाङ अनुबन्ध भएकी छिन्। चलचित्रमा उनि अभिनेता मुकुन भुषालको जोडीको रुपमा देखिदैछिन्। राजु श्रेष्ठको निर्देशनमा बन्ने यो चलचित्र नै उनको डेव्यु हो ।

निर्माण टिमका अनुसार सलिनाले यसै महिना चलचित्रसँग औपचारिक सम्झौता गरेकी हुन्। “यस चलचित्रमा एउटा पात्रको रूपमा अभिनय गर्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु। मेरो अभिनय र आउँदै गरेको यस चलचित्रलाई सबैले धेरैभन्दा धेरै माया र साथ दिनुहुनेछ भन्ने आशा गरेकी छु,”।

सलिनाले भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथ मा बलिउडका चर्चित अभिनय प्रशिक्षक तथा अभिनेता सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएकी हुन्।
‘कंगाल करोडपति’ पाठशाला प्रालिको ब्यानरमा निर्माण हुँदैछ। चलचित्रका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन्। सहनिर्मातामा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा छन्। चलचित्रको कथा सुमन गजमेरले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्