बक्स अफिसमा जितुको अर्को असफलता, ‘आइएम जितबहादुर’ को कमाई ३१ लाख


अभिनेता जितु नेपालले निर्माण गरेको चलचित्र ‘आइएम जितबहादुर’ बक्स अफिसमा डिजास्टर सावित भएको छ। जितुले लगानी गरेको पहिलो चलचित्र उनको करियरको नै कम कमाइ गर्ने चलचित्र बनेको छ। सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरण अनुसार असर १४ गतेसम्म चलचित्रले ३१ लाख ७ हजार ६९२ रुपैयाँ ग्रस कमाएको छ । १० हजार भन्दा कम दर्शकले चलचित्र हेरेका छन्।


उसो त जितुले आफ्नो चलचित्र असफल बनेको स्विकार गरिसकेका छन्। उनले नाम, निर्देशक प्रतिको बढी विश्वास र गलत समयको प्रतिफल भनेर केहि दिन अगाडी नै स्विकार गरिसकेका छन् । जितुले आफ्नो चलचित्रको प्रचारमा कुनै कसर बाँकी राखेका थिएनन्। कहिले एक्लै मिडियामा कुदेर दुखेसो पोख्दै होस् या कहिले टिम संगै गएर होस् उनले चलचित्रको प्रचारमा कुनै कमी हुन् दिएनन्। तर जितुले जति नै प्रयास गरेपनि चलचित्र बक्स अफिसमा नराम्रोसंग चिप्लियो।

दिपक-दिपाको टिमसंग मिलेर हरेक चलचित्र बक्स अफिसमा सुपरहिट दिएका जितु उक्त टिम भन्दा बाहिर बक्स अफिसमा खासै चम्किन सकेका छैनन्। बरु सोहि टिम बाहिर चलचित्रमा काम गरेका केदार घिमिरेले भने लगातार बक्स अफिसमा सफल चलचित्र दिए।
अव जितुले आफ्नो करियरलाई लिएर अझ बढी सोचनीय हुने बेला देखिएको छ।

प्रतिक्रिया दिनुहोस्