बलियो बन्दै ‘मन बिनाको धन २’ को स्टारकाष्ट, विपिन कार्कीको प्रवेश


चलचित्र ‘मन बिनाको धन २’ ले आफ्नो स्टारकाष्ट बलियो बनाउदै लागेको छ। पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल, किरण केसी लगायतका कलाकारलाई यस अगाडी नै फाइनल गरिसकेको चलचित्रको टिमले विपिन कार्कीलाई चलचित्रमा अनुबन्ध गरेको छ।

उनको प्रवेशले चलचित्र झन् सशक्त बन्ने विश्वासमा निर्माण टिम रहेको छ। टंक बुढाथोकीको निर्देशन र कथा रहेको चलचित्रलाई शिवम अधिकारीले लेखिरहेका छन्। टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको हाल प्रि- प्रोडक्सनको काम भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्