दया र मिरुनाको ‘रातो घेरा’ को मुहर्त, मङ्सिरमा रिलिज तय
अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र “रातो घेरा – द रेड सर्कल” को बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ । असार २५ गतेदेखि छायांकनमा जाने चलचित्रको बिहिवार स्क्रिप्ट पूजा गर्दै शुभारम्भ गरिएको हो । दयाहाङ राई र मिरुना मगर प्रमुख भुमिकामा रहने चलचित्र विश्राम फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण हुनेछ। चलचित्र मङ्सिर १८ गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले जानकारी गराएको छ।

निर्देशक अनिल बुढा मगरका अनुसार चलचित्र सामाजिक तथा भावनात्मक पक्षमा आधारित कथा प्रस्तुत गर्नेछ । सत्य घटनामा आधारित भएर निर्माण भइरहेको चलचित्रलाई अझ भव्य, कथात्मक रूपमा सशक्त तथा प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको निर्माता जीवन गुरुङ ले बताएका छन् ।
चलचित्रका निर्मातामा जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन रहेका छन् । सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन् ।
चलचित्रमा रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्ग बहादुर पुन खबपु, सुस्मिता कुवँर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बल बहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाई, राम बाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ तथा डिबी गुरुङ लगायत कलाकारहरूको अभिनय रहनेछ ।




