परदेशी २ टिजर: अमेरिकी सपनाले परेको असरको कथा


चलचित्र ‘परदेशी’ को दोश्रो सिक्वेल ‘परदेशी २’ को टिजर सार्वजनिक भएको छ। सात बर्षअघिको व्यावसायिक चलचित्र ‘परदेशी’ को सिक्वेलको टिजरमा अमेरिका जाने सपनाले सामाजिक सम्बन्धमा पारेको असरको कथा बोकेको छ।

चलचित्रमा गायनमा सफलता हासिल गरेका गायक प्रकाश सपुत मुख्य भूमिकमा चित्रण गरिएको छ। पहिलो शृंखलामा पुर्व इन्डियन आइडल प्रशान्त तामाङ्ग मुख्य भूमिकामा रहेका थिए । यो चलचित्रमा प्रशान्त अतिथि भुमिकामा रहेका छन्। चलचित्रमा दिलिप रायमाझी, केकी अधिकारी र बर्षा शिवाकोटी मुख्य भूमिकामा रहेका छन्।

नारायण रायमाझीले निर्देशन गरेको चलचित्र असोज १४ गते रिलिज हुदैछ। चलचित्रमा नीर शाह, सुशील पोख्रेल, सविन बाँस्तोला, रमा थपलिया, देवेन्द्र बब्लु लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्