साइप्रसमा बिक्यो पूजा र जस्मिनको ‘हली’


चलचित्र ‘हली’ साउन २२ गतेबाट नेपालमा प्रदर्शनको तयारीमा रहेको छ। व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको चलचित्रको विदेश प्रदर्शन अधिकारी बिक्रि हुन् थालेको छ। चलचित्रको साइप्रसमा प्रदर्शन अधिकारी बिक्रि भएको निर्माण टिमले जानकारी दिएको छ। वास्तविक जीवनका घटनाहरूबाट प्रेरित भई निर्माण गरिएको चलचित्रको अन्य देशको प्रदर्शन अधिकार पनि बिक्रि हुने तयारीमा रहेको निर्माण टिमले जानकारी दिएको छ।

शुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको मुख्य भूमिका रहेको छ । ओम प्रतिकको निर्देशनमा चलचित्र तयार भएको हो।

चलचित्रको कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।

प्रतिक्रिया दिनुहोस्