बक्स अफिसमा पूजा भर्सेस प्रदिप-सुदर्शन: एकसाथ आउंदै ‘रत्यौली’ र ‘शुभविवाह


आफ्नो पहिलो हिट सँगै दिएका पूजा शर्मा र प्रदीप खड्का बिच ‘प्रेमगीत’ पछि सुमधुर सम्बन्ध रहेन।  दुवैले त्यसपछि भिन्न चलचित्रमा काम गरे।  बक्स अफिसमा सधैँ दुवै चर्चामा रहे।  फ्यान क्रेज पनि दुवैको आकर्षक रहेको छ।  दर्शकले दुवैलाई सँगै पर्दामा हेर्ने चाहाना राखिरहेका थिए।  केही समयबाट दुवै सँगै चलचित्रमा काम गर्ने चर्चा समेत रह्यो।  तर अहिलेसम्म त्यो समीकरण पुरा भएको छैन। 

यही बिचमा अर्को एक रोचक समीकरण बाहिरिएको छ।  बक्स अफिसमा पूजा भर्सेस प्रदीपको स्थिति आएको छ।  फागुन २१ गते बक्स अफिसमा दुवैको चलचित्र एकसाथ प्रदर्शनमा आउने भाका छन्।  पूजा विजय बरालसँग जोडी बाँधेर चलचित्र रत्यौली लिएर आउंदैछिन्।  प्रदीप भने बर्षौपछि निर्देशक सुदर्शन थापासँग टिम अप गरेर चलचित्र ‘शुभ विवाह’ लिएर आउंदैछन्।  प्रेमगीत पछि पूजा र सुदर्शन दुबैसँग प्रदीपको सम्बन्ध बिग्रिएको थियो।  सुदर्शन र पूजाले त्यसपछि लगातार बक्स अफिसमा सहकार्य गरे।  दर्शकले सुदर्शनले नै पूजा र प्रदीपलाई एकसाथ ल्याउन सक्ने अनुमान पनि गरे।  तर बक्स अफिसमा नै यति बेला पूजा भर्सेस प्रदिप- सुदर्शन हुने देखिएको छ। 

चलचित्रमा लेडी टाइगरको उपमा पाएकी पूजा र लभ स्टोरी चलचित्रका अब्बल खेलाडी मानिएका सुदर्शनको साथमा प्रदीप , बक्स अफिसमा फागुन २१ मा कसले बाजी मर्ला त्यो भने रोचक हुने देखिएको छ।  

प्रतिक्रिया दिनुहोस्