चलचित्र ‘ककाकिकी’ को लिरिकल गीत सार्वजनिक
भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ककाकिकी’ को लिरिकल गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर रहेको छ भने शिशिर थतालको शब्द र संगीत रहेको छ । यसअघि सार्वजनिक फस्ट लुक भिडियोमा थोरै हुकलाइन राखिएको थियो । जसलाई दर्शकले निकै मन पराएका छन् । विशेषगरी अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठीका क्यारेक्टर लुक्सले दर्शकको ध्यान तानेका थिए।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईँको संयुक्त निर्देशन रहेको चलचित्रमा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोग लगायत कलाकारहरूको अभिनय रहेको छ।
सुमन अग्रवालको कन्सेप्टमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा लेखन बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले गरेका हुन्।





