सम्राटको निर्देशनमा ‘दुर्गा’ बन्ने


सम्राट बस्नेतले नयाँ चलचित्र ‘दुर्गा’ को निर्माण घोषणा गरेका छन्। चलचित्रको थिम पोष्टर सार्वजनिक गर्दै बस्नेतको निर्देशनमा तयार हुने चलचित्रको औपचारिक घोषणा गरिएको हो। थिम पोस्टरमा दुर्गा मन्दिरको ढोका अगाडि उभिएकी एक युवती छिन् । मन्दिरको ढोका अगाडि त्रिशूल छ ।

नामले यो चलचित्रको मुख्य पात्र दुर्गा रहेको प्रस्ट संकेत गरेको छ । निर्माण टिमले चलचित्रको बारेमा कुनै जानकारी दिएको छैन। कुस्मंडा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा बन्ने चलचित्रको कथा निश्चल ढुंगानाले लेखेका छन् । ९० दिन छायांकन सेड्युल रहेको चलचित्र काठमाडौं, पोखरा र चितवनमा खिचिनेछ । असोजको पहिलो साताबाट चलचित्र छायांकनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्