बिहेको प्रश्नमा नन्दिताको जवाफ,’ अब त भागेर बिहे गरौ जस्तो लाग्यो’


अभिनेत्री नन्दिता केसी अमेरिका बस्दै आएकी छिन्। लामै समयबाट अमेरिका बस्दै आएकी नन्दिता पछिल्ला बर्षमा नेपाल-अमेरिका गर्दै आएकी छिन्। केहि समय अगाडीबाट नन्दिता नेपालमा रहेकी छिन्। आफ्नी बहिनीको विवाहका लागी उनि नेपाल आएकी हुन्। बहिनीका विवाहका बिभिन्न समारोह सकेर नन्दिता हरिहर अधिकारी र निता ढुंगानाको रिसेप्सन पार्टीमा पुगिन्। आफुलाई आकर्षक रुपमा प्रस्तुत गर्न नन्दिता कुनै कसर बाँकी राख्दिनन्।

निता र हरिहरको रिसेप्सन पार्टीमा पनि उनि आकर्षक बनेर पुगेकी थिइन्। अविवाहित नन्दितालाई विवाहको प्रश्न त आइहाल्ने भयो। लगातर सुन्दै आएको प्रश्नला लागी मानौ उनको जवाफ तयार नै छ, ‘सहि समय र लगनको पर्खाइ। ‘
विवाह कहिले त भन्ने संचारकर्मीको प्रश्नमा नन्दिता भन्छिन्,’ सवै कुराको लागी समय कुर्न पर्ने रहेछ। म पनि त्यही समय र लगनको पर्खाइमा छु। ‘

नन्दिता अगाडी थप्छिन्,’ विवाहका समारोह साच्चै तनावपूर्ण नै हुने रहेछन्। सानासाना कुरामा ध्यान दिनपर्ने।’
‘यी सवै देखेर त भागेर बिहे गरौ जस्तो लाग्यो,’ नन्दिताले ठट्यौली शैलीमा भनिन् ।

प्रतिक्रिया दिनुहोस्