विपिन र मिरुनाको जोडी ‘बखत्ते’ मा देखिदै, उपेन्द्रले निर्देशन गर्ने
आन्भी फिल्म्सको प्रस्तुतिमा कबड्डी फिल्म्सको सहयकार्य तयार हुने चलचित्र ‘बखत्ते’ को शुभमुहूर्त गरिएको छ। यो चलचित्रमा आशिष तामाङ र प्रदीपजी धामीको निर्माण रहेनछ। चलचित्रलाई उपेन्द्र सुब्बाले निर्देशन गर्नेछन्। चलचित्रमा उनकै लेखन रहनेछ। शुक्रबार ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिषरमा चलचित्रको शुभमुहूर्त गरिएको छ।

चलचित्रको मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर रहनेछन। चलचित्रमा शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामा लगायतको अभिनय रहनेछ । चलचित्रका कार्यकारी निर्माता युवराज काफ्ले हुन् भने सह–निर्मातामा अञ्जु पाण्डे र पुष्कर घिमिरे छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन् ।






