तयार सेट छाडेर सुटिङ्ग नै सुरु नगरी काठमाडौं फर्कियो ‘प्रसाद २’ टिम


सफल चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ घोषणा देखि नै अनेक झमेलामा पर्दै आएको छ । दिनेश राउतले सिक्वेल निर्देशन नगर्ने भनेपछि चलचित्रमा सौरभ चौधरीको प्रवेश भयो । तर औपचारिक घोषणा सम्म आइपुग्दा निर्देशक सुदर्शन थापाको इन्ट्री भयो । सुदर्शनको प्रवेश पछी निश्चल बस्नेत आउट भएर अर्पण थापा इन्ट्री भए ।

सुवाष थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रमा कलाकारलाई स्थानीय लवज र पात्रमा भिज्न भन्दै निर्माण टिमले केहि साता अगाडी नै लोकेशन पुर्याएको थियो । नम्रता र विपिन गाउगाउ घुमेका पनि थिए । निर्माण टिम सुटिङ्गका लागी तयार थियो । बुधबारबाट सुटिङ्ग सुरु गर्ने भनेर गरिएको तयारी अन्तिममा सफल भएन । मुख्य अभिनेता विपिन कार्कीले मुड नभएको भन्दै काठमाण्डौ हिडेको बुझिएको छ । उनले आफ्नो मुड नभएको र आमा भेट्ने भन्दै हिडेका थिए । नम्रता पनि साथी रेमनदास श्रेष्ठको विवाहमा सहभागी हुने भन्दै हिडीन् । सेट तयार भएर सुटिङ्गको लागी सम्पूर्ण तयारी हुँदा कलाकारका यस्ता तर्क पछी निर्देशक सुदर्शनले पनि सेट छाडेर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्