A vertical shot of the black cat in the dark darkness

आपराधिक मनस्थिति भएको बिरामीको वरिपरि घुमेको ‘म’ ट्रेलर


सुवर्ण थापाको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘म’ को ट्रेलर बिहिबार सार्वजनिक गरिएको छ। अस्पतालको शैयामा रहेको एउटा आपराधिक मनस्थिति भएको बिरामीको वरिपरि चलचित्रको कथा घुमेको ट्रेलरमा देख्न सकिन्छ। चलचित्रको केन्द्रिय पात्रमा चलचित्रमा डेव्यु गरेका सन्जोग रसाईली रहेका छन्।

चलचित्रमा सरोज खनाल, निशा अधिकारी, निरजान प्रधान, सविन श्रेष्ठ, रुविना थापा लगायतका कलाकारको अभिनय रहेको छ। साउन २० गते रिलिजको तयारीमा रहेको चलचित्रलाई विमला हुमागाईं र पदम पुरीले निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्