सौगात र शृष्टिको सकस: ‘माइकल अधिकारी’ र ‘राधा’ को चक्करमा फसेको जोडी


अभिनेता सौगात मल्ल नेपाली चलचित्र क्षेत्रका माझिएका कलाकारको रुपमा परिचित रहेका छन्। लुट चलचित्रको ‘हाकु काले’ पात्र बाट नेपली रजतपटमा आफुलाई स्थापित गराउन सफल सौगात नेपाली चलचित्रमा निरन्तर अभिनयमा रहेका छन्। तर सहि चलचित्र र टीम छनोट गर्न नसक्दा उनको अभिनयको जति चर्चा हुने गर्दछ त्यति नै आलोचना उनले गरेका चलचित्रको हुने गर्दछ। लुट र कबड्डी निर्माता बाहेक खासैलाइ उनले खुशी पार्न सकेका छैनन्। हिट भन्दा फ्लप चलचित्रको सुची उनको करियरमा निकै लामो रहेको छ। अझ महिनामा ३-४ चलचित्र उनकै रिलिज हुँदा त झन् के कुरा गर्ने एउटा अव्वल कलाकारका चलचित्र लगातार फ्लप बनिरहेका छन्।

लप्पन छप्पन २, मन्त्र, कबड्डी ४, घनचक्कर उनको यहि बर्ष रिलिज भएका चलचित्र हुन् भने अव भदौमा उनि अभिनित २ चलचित्र ‘माइकल अधिकारी’ र ‘ राधा’ रिलिज हुदैछन्, त्यो पनि १ हप्ताको अन्तरमा। अझ रोचक कुरा के छ भने दुवैमा उनको प्रेमजीवन पनि मिश्रित रहेको छ। अर्थात् सौगात प्रेमिका पुर्व मिस नेपाल तथा अभिनेत्री शृष्टि श्रेष्ठ दुवै चलचित्रको मुख्य भूमिकामा रहेकी छिन्। अझ राधामा त सौगात निर्माता नै भए। शालीन अनि शान्त शृष्टिको अभिनय करियर खासै जम्न सकिरहेको छैन। यी दुवै चलचित्रमा उनको चरित्र उनको करियरलाई फाइदा नै पुर्याउने देखिन्छ। तर १ हप्ताको अन्तरमा रिलिज हुँदा कता कता मात्र भ्याउने यो जोडीले। फेरी दुवै हप्तामा अन्य चलचित्रसंगको भिडन्त छदैछ। अव आफ्नै चलचित्रसंगको लडाई लड्ने कि अरु संगको भिडन्त पनि झेल्ने सौगात र शृष्टिलाई पनि ठुलै आपत छ।

प्रतिक्रिया दिनुहोस्