दिपक-दिपाको टिममा बेनिशा र मलिना हिरोइन, नाम अझै भएन फाइनल


सुपरहिट व्यानर आमा सरस्वती मुभिजको नयाँ चलचित्रमा अभिनेत्रीको रुपमा बेनिशा हमाल र मलिना जोशी फाइनल भएका छन्। हेमराज बिसीको निर्देशनमा तयार हुने चलचित्रमा यी दुई अभिनेत्री फाइनल भएको बताइए पनि निर्माण टिमले भने यसको औपचारिक जानकारी गराएको छैन। निर्देशक दिपाश्री निरौलाले चलचित्रको ९ गते शुभ मुहर्त गर्ने र सोहि दिन सम्पूर्ण जानकारी गराउने समेत जानकारी दिईन। हामीसंगको कुराकानीमा दिपाश्री भन्छिन् , ‘हामी यहि ९ गते चलचित्रको शुभ मुहर्त गर्दैछौ। सोहि दिन नै सम्पूर्ण जानकारी भैहाल्नेछ। ‘

यसबीच निर्माण टिमले चलचित्रको फाइनल नाम समेत तय गरिसकेको छैन। ‘छक्का पन्जा ४’ राख्ने अथवा ‘श्री माग्ने राजा’ राख्ने भन्ने बिषयमा निर्माण टिम छलफलमा नै रहेको बुझिएको छ। दुवै नाम दर्ता समेत भैसकेको छ। यी दुई नाम अथवा नयाँ कुनै नाम राख्ने भन्ने बिषयमा समेत टिम छलफलमा रहेको छ।

चलचित्रमा दिपकराज गिरि, केदारप्रसाद घिमिरे माग्ने बुढा, निर्मल शर्माको साथमा यो पटक दिपाश्री निरौला समेत रहने चर्चा रहेको छ। चलचित्र रिलिज दशैँ टार्गेट भए पनि अव निर्माण टिमले तिहारको समय हेरिरहेको समेत बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्