मुम्बई प्रेसमिटमा प्रदिप भन्छन् , ‘सिमाना संगै नेपाल र भारतबीच हृदय पनि खुला छ’


भारतीय सिनेमा घरमा रिलिज तयारीमा रहेको नेपाली चलचित्र ‘प्रेमगीत ३’ को चर्चा यतिबेला भारतीय मिडियामा रहेको छ। हिन्दी भाषामा भारतिया सिनेमा घरमा रिलिज तयारीमा रहेको चलचित्रको प्रेसमिट भारतमा सम्पन्न भएको छ। भारतिया मिडियाले प्रेमगीत ३ लाई राम्रो स्पेश दिएर कभर गरेका छन्।

सार्वजनिक भएका भिडियो र समाचारमा प्रेमगीत ३ ले राम्रो स्थान पाएको स्पष्ट देखिन्छ। नेपाली सिनेमाको बजार विस्तारका लागि सन्तोष शेन र उनको टिमले गरेको मिहेनत सम्मानजनक देखिएको छ। बलिउड र हलिउडका ठुलठुला पोष्टर लाग्ने मुम्बईका विभिन्न स्थानमा यतिबेला ‘प्रेमगीत ३’ को पोष्टरले स्थान पाइरहेका छन् । यसले नेपाली चलचित्रका लागी भारतीय बजार बिस्तारका लागी महत्वपूर्ण भूमिका खेल्ने छ।

मुम्बईमा भएको प्रेसमिटमा निर्देशक सन्तोष शेन, अभिनेता प्रदिप खड्का र अभिनेत्री क्रिष्टिना गुरुङ्ग सहभागी भएका थिए। भारतीय संचारमाध्यमलाई प्रतिक्रिया दिदै अभिनेता खड्का भन्छन्, ‘नेपाल र भारतबीच खुला सीमा मात्र छैन, हामीसँग खुला हृदय पनि छ।’
निर्माता सन्तोष शेनले भारतमा नेपाली चलचित्रको बजार खोज्नका लागी चलचित्रले भूमिका खेल्ने बताएका छन्।
जी म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले चलचित्रलाई भारतमा प्रदर्शन गर्नेछ। नेपाल र भारतमा असोज ७ गतेबाट चलचित्र प्रदर्शन हुनेछ। रिलिजको आठ हप्तापछि अमेजन प्राइममा चलचित्र रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्