‘लाखे’ भदौ बाट सर्यो, ‘बाबरी’ लाई फाइदा


मल्टिस्टारर चलचित्र ‘लाखे’ ले रिलिज मिति पोष्टपोण्ड गरेको छ। भदौ ३१ गतेलाई रिलिज मिति तय गरेको चलचित्र अव कार्तिक ११ मा रिलिज हुने भएको छ। भीएफएक्स, मिक्सिङ्ग लगायतका प्राविधिक काम मुम्बईमा भैरहेको र केहि समय लाग्ने भएकाले रिलिज मिति पछि सारिएको निर्माण टिमले जानकारी दिएको छ। सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको रिलिज मिति सरेपछि ‘बाबरी’ लाई राहत मिलेको छ। हालसम्मको लागी यो चलचित्र सोलो रिलिज हुने भएको छ। सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा धिरज मगर र अदिति बुढाथोकी मुख्य भूमिकामा रहेका छन्। चलचित्रका सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो साथ पाएका छन्।

प्रतिक्रिया दिनुहोस्