‘झिंगेदाउ’ ट्रेलर: केकी र आंचलको लडाई


चलचित्र ‘झिंगेदाउ’ को ट्रेलर सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रको आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको ट्रेलरमा पारीवार भित्रको कथा समेटिएको छ। केकी अधिकारी र आंचल शर्माबीचको नोकाझोक र लडाई ट्रेलरमा निकै आकर्षक देखिएको छ । जेठानी-देउरानीको भूमिकामा देखिएका दुवैको साथमा मुकुन भुषाल र कुशल बिष्ट मुख्य भूमिका रहेका छन्।

विवाह पश्चात परिवारमा श्रीमतीका कारण हुने झगडा, आमासंगको मनमुटाव र पारिवारिक झगडाले समाजमा पर्ने असरको केन्द्रमा चलचित्रको ट्रेलर घुमेको छ।
कपनगडी सिनेमा र फिल्म क्रयु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा हिंउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का लगायतका कलाकारको अभिनय रहेको छ। सुलभ प्रतिक देउजा र समिक्षा देउजा निर्माता रहेको चलचित्रमा प्रदिप भारदजको पटकथा र संवाद रहेको छ। चलचित्र भिमनिधि तिवारीको ‘झिंगेदाउ’ कृतिमा आधारित रहेको छ।

प्रतिक्रिया दिनुहोस्