‘छुकछुक रेल गाडी’ मा सौगात र शृष्टिको यात्रा


भदौ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘माइकल अधिकारी’ को नया गीत रिलिज भएको छ। ‘छुक छुक रेल गाडी’ बोलको गीतको भिडियोलाई रमाइलो हिसाबले प्रस्तुत गरिएको छ। प्रताप दास र अस्मिता अधिकारीको आवाजमा रहेको गीतमा शैलेश कंडेल क्षेत्रीको शब्द र रविन सिंहको संगीत रहेको छ।

गीतको भिडियोमा सौगात मल्ल र शृष्टि श्रेष्ठ फिचर रहेका छन्। रंजित रौनियार निर्देशित चलचित्रले सेरोगेसी मार्फत सन्तान जन्माउने कथा बोकेको छ। चलचित्रमा सौगात र शृष्टिको साथमा अशान्त शर्मा, लुनिभा तुलाधर, हेमन्त बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ। गोपी कृष्ण प्रोडक्सन र उद्धव पौडेलको प्रस्तुती रहेको चलचित्रलाई निरक पौडेलले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्