A vertical shot of the black cat in the dark darkness

यशकुमारको ‘हिजो अर्कै संग देखे’ मा सागर र रेश्मा


गायक यश कुमारले नेपाली गीतसंगीतको आकाशमा धेरै हिट गीत दिएका छन्। उनै यश यतिबेला आफ्ना पुराना गीतलाई नयाँ स्वाद दिएर नयाँ पुस्ताका दर्शकमाझ पुग्ने जमर्को गरिरहेका छन्।

यसैको अर्को उदाहरण हो उनको चर्चित गीत ‘हिजो अर्कै संग देखे’ को नयाँ भर्सन। आफ्नै शब्द संगीत र आवाजमा यसकुमारले नयाँ भर्सन निकालेका छन्।


निकेश खड्काले निर्देशन गरेको भिडियोमा सागर लम्साल, रेश्मा घिमिरे, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ। गीतको भिडियोमा सफल कलाकार बन्ने सपना बोकेकी एक युवती र विवाह गरेर सेटल हुने कोसिसमा रहेको युवाको जीवनमा आएका उतारचढावलाई प्रस्तुत गरिएको छ। हरि हुमागाईले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्