रिलिज मिति सार्दै ‘२ नम्बरी’ टिजर, मित्रता र प्रेमको कथामा कमेडी भाव


कार्तिक ४ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘२ नम्बरी’ ले आफ्नो नया रिलिज डेट सार्वजनिक गरेको छ। असोज २१ गतेलाई रिलिज मिति तय गर्दै चलचित्रले आफ्नो टिजर समेत सार्वजनिक गरेको छ। तस्करीमा लागेका दुई साथीको कथामा बनेको चलचित्रले मित्रता र प्रेमको साथमा कमेडी मिश्रित टिजर सार्वजनिक भएको हो।

दिपेन्द्र लामा निर्देशित चलचित्रमा दया हाङ्ग राई, सौगात मल्ल, बुद्धि तामाङ्ग, उपासना सिंह ठकुरी, उगेन छेदेन लगायतका कलाकारको अभिनय रहेको छ। किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा राजिव गुरुङ्ग(दिपक मनाङ्गे)। अमलादेवी राई, जयश श्रेष्ठ निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्