अमेरिकामा रमाएकी स्वस्तिमा, विकिनिमा बनिन् विन्दास


अभिनय क्षमताको हिसावले अभिनेत्री स्वस्तिमा खड्काले आफुलाई अब्बल प्रमाणित गरिरहेकी छिन्। उनको चलचित्र रोजाई र पात्र छनोट पनि समकालीन अभिनेत्री भन्दा अब्बल नै देखिन्छ। ब्राण्ड भ्यालुका हिसावले पनि उनि अगाडी रहेकी छिन्।

पछिल्लो समय रिलिज भएका दुई चलचित्र कमर्सियल हिसावले सफल नभए पनि चिसो मान्छे बाट उनले राम्रो प्रशंसा बटुलिन्। सह-अभिनेत्रीको रुपमा ‘होस्टेल रिटर्न्स’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी खड्का अहिलेकी नम्बर एक अभिनेत्री हुन् भन्दा मुख खुम्च्याउने पर्ने अवस्था रहेको छैन।

अभिनयले दर्शकको मनमा बसेकी खड्का आफ्ना समाजिक संजाललाई कसरी ह्यान्डल गर्नुपर्छ भन्ने कुरामा पनि माहिर छिन्। हाल अमेरिकमा रहेकी उनले गरेका पोष्टले फेरी एकपटक सामाजिक संजाल गर्माएका छन्। एक कार्यक्रमका लागी अमेरिका पुगेकी स्वस्तिमाका सार्वजनिक बोल्ड तस्विरले धेरैको ध्यान खिचेको छ। अमेरिकाको समुन्द्री किनारमा विकिनीमा स्वस्तिमा निकै बोल्ड बनेकी छिन्। होलिडे मुडमा देखिएकी खड्का निकै विन्दास देखिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्