‘झिंगेदाउ’: केकी र आंचलको काँधमा थपिएको जिम्मेवारी


भदौ १७ गतेबाट चलचित्र ‘झिंगेदाउ’ रिलिज हुदैछ। भिमनिधि तिवारीको कथामा आधारित चलचित्रको ट्रेलर आकर्षक बनेको छ। ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा केकी अधिकारी र आंचल शर्मा मुख्य भूमिकामा रहेका छन्। कृतिमा आधारित चलचित्र निर्देशनसंगै अन्य चलचित्रमा सफलता प्राप्त गरेका देउजाका चलचित्र बाट केहि फरक स्वादको अपेक्षा सधै रहने गर्दछ। तर सिनेमा हलसम्म पुग्न आनाकानी गरिरहेका दर्शकलाई हलसम्म तान्ने जिम्मेवारी अहिले दुई अभिनेत्रीको काँधमा पुगेको छ।

अभिनयका हिसावले केकी अब्बल छिन् भने आंचलले पनि आफ्नु अभिनयमा निखारता ल्याउदै गएकी छिन्। सार्वजनिक ट्रेलरमा त्यो आभाष आंचलले गराएकी छिन्। सामाजिक संजालमा फ्यान फलोअर्स पनि दुवैको राम्रो रहेको छ। तर सामाजिक संजालका फ्यान हलसम्म पुग्छन भन्ने ग्यारेन्टी छैन। केकी समीक्षात्मक हिसाबले अव्वल छिन्। व्यावसयिक हिसावले केकी र आंचल दुवै हिट चलचित्रको अभावमै छन्। यो दुवैका लागी सुनौलो अवसर पनि हो। चलचित्र कमर्सियल हिसावले सफल भएमा यसको जस यीनै दुई अभिनेत्रीले पाउनेछन्। चलचित्रमा यी दुईको जोडीको रुपमा मुकुन भुषाल र कुशल बिष्ट देखिएका छन् । मुकुनले अभिनयको हिसावले आफुलाई प्रमाणित गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्