फ्राइडे रिलिज: हलमा तीन नेपाली चलचित्र


भाद्र ३ गते कृष्ण जन्माष्टमीको अवसर परेर एकसाथ तीन नेपाली चलचित्र रिलिज भएका छन्। त्रिपक्षीय भिडन्तमा यो पटक ‘कृष्णलीला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगन्ज’ रहेका छन्। तीनवटा चलचित्र एक साथ रिलिज हुँदा तिनै चलचित्रलाई प्रत्यक्ष असर पर्ने पक्का नै छ। तर पनि आफ्नै चलचित्रसंग जुध्ने डर निर्मातामा देखिन्न। बरु विदेशी चलचित्र आए भने चै भागाभागको स्थिति रहन्छ।


अव चर्चा गरौ आज रिलिज भएका तीन चलचित्रको।

दिपक ओली निर्देशित चलचित्र ‘कृष्णलीला’ मा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा रहेका छन्। सार्वजनिक गीत सामाजिक संजालमा हिट छन्। ट्रेलरले पनि दर्शकको मन जितेको युट्युवमा आएका कमेन्टबाट स्पष्ट देख्न सकिन्छ। प्रचारप्रसारको क्रममा पुष्प र श्रद्धाको जोडीलाई पनि दर्शकले रुचाएका छन्। अव ती दर्शक हलसम्म कति आउने हुन् त्यो आज र भोलिले पक्कै निर्क्योल निकाल्ने छ । अटीजमका विरामीको पात्रलाई निर्वाह गरेका पुष्प चलचित्रबाट निकै उत्साहित रहेका छन्। चलचित्र नचलेमा केहि हदसम्मको पारिश्रमिक फिर्ता गर्ने घोषणा सम्म गरिसकेका छन्।

‘माइकल अधिकारी’ लाई रंजित रौनियारले निर्देशन गरेका छन्। गोपीकृष्ण मुभिजका लागी निरक पौडेलले चलचित्र निर्माण गरेका हुन्। सेरोगेसीको कथामा बनेको चलचित्रमा सौगात मल्ल र शृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेका छन्। रियल जोडीको यो चलचित्रले प्रिमियरमा सुखद प्रतिक्रिया बटुलेको थियो। चलचित्रको कथावस्तु दर्शकका लागी नयाँ लाग्न सक्छ र कलाकारको अभिनय प्रिय।

परिच्छेद शेन निर्देशित चलचित्र ‘प्रेमगन्ज’ ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको थियो। बेनिशा हमाल, तेज गिरि, सम्पदा बानियाँ, राइडर प्रशान्त, सिम्रन खड्का लगायतका कलाकारको अभिनय रहेको चलचित्र प्रेमकथा रुचाउने दर्शकका लागी प्रीय बन्न सक्ने आंकलन गरिएको छ।

यी तीन नेपाली चलचित्र संग भारतीय चलचित्र ‘कार्तिकेय २’ पनि हलमा रिलिज भएको छ। यो चलचित्रमा निखिल सिद्धार्थ, अनुपमा परमेश्वरम र अनुपम खेरको प्रमुख भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्