पूजा शर्मा : कन्ट्रोभर्सीमा रुमलिएको एक नाम


अभिनेत्री पूजा शर्मा जहा पुग्छिन् समाचारको हेडलाइन बनेर नै फर्किएकी हुन्छिन्। धेरैले उनलाई जे हो त्यहि रुपमा प्रस्तुत भएर यस्तो अवस्था आएको भन्छन् त कतिले स्टार भ्यालु नबुझेर सम्हालिन नसकेको। तर पूजा खासै यस्ता कुराको मतलब गर्दिनन् र जे मनमा आयो त्यो फ्याट्ट बोल्छिन्। यसले धेरै ठाउँमा उनको नकारात्मक छवि नै बनेको छ । धेरैले त रोएर चलचित्र चलाउने उपमा समेत दिए । उसो त पूजा धेरैपटक रोईन्। एकपटक त अर्जुन पोख्रेलको संगीतमा रहेको एक गीतको रिलिज कार्यक्रममा उनि आफैलाई सम्हाल्न नसकने गरि रोईन।

कारण थियो भिडियोमा संगै फिचर भएका अनि पूजाका अति नै निकट सम्बन्धि मानिएका अभिनेता आकाश श्रेष्ठसंगको सम्बन्धको दरार। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा खसेका आँशुको चर्चाले त उनलाई अहिलेसम्म पिछा छाडेको छैन। आफ्ना मिल्ने साथी अनि अभिनेता पल शाहको जीवनमा आएको नराम्रो मोडको पिडा पुजाले प्रिमियरमा पोखिन्। चलचित्र रिलिजको समयभर दर्शक भएन जाँदाको अनेक क्रियाकलापले पनि उनलाई विवादमा तानीरह्यो। चलचित्र ‘सम्झना बिर्सना’ को हल भिजिटको दौरानको भिडियो क्लिप उनको अर्को चर्चित बिषय बन्यो। उनले अन्तर्वार्तामा आफुलाई ‘जिरो अभिनेत्री’ अरु संवै नम्बर वान भनेपछि त मिडियाको हेडलाइनमा उनी फेरी एकपटक लाइमलाइटमा आइन। उनका यस्ता विवादका कुरा सुरुवात भएको पनि निकै बर्ष बित्यो। ‘प्रेमगीत’ रिलिज पश्चात अभिनेता प्रदिप खड्कासंगको सम्बन्ध चिसिएको विवाद देखि सुरु भएको उनको कन्ट्रोभर्सियल लाईफ त्यतै मात्र मोडियो र उनि त्यसमै रमाईरहेकी छिन् भन्दा फरक नपर्ला।

यता सम्हालिन्छ कहिले मन’ को प्रेसमिटमा अव चै कन्ट्रोभर्सि गर्दिन र रोएर फिल्म चल्दैन भन्दा पूजा झन् बढी मिडियामा हेडलाइन बनिन्। उनले आफ्ना अन्य पुर्व सहकर्मी र समकालीन कलाकारको अन्तर्वार्ता र कार्यक्रममा पनि मेरो नै नाम लिएर उचाल्दिने अनि दोष मलाई नै लगाउने भने पछि त मिडियाको लाइमलाई पूजाले आफ्नो पक्षमा पारिहालिन्। जे होस् विवादलाइ सहजै पचाउन सक्ने खुवी पूजाले बोकेकी छिन्।
अव भाद्र १७ गते रिलिज हुने तयारीमा रहेको ‘सम्हालिन्छ कहिले मन’ ले चै दर्शकको मन कति सम्हाल्ने हो त्यो भने हेर्न बाँकि रहेको छ।

प्रतिक्रिया दिनुहोस्