A vertical shot of the black cat in the dark darkness

फ्राईडे रिलिज : हलमा राधा र प्रकाश


भदौ १० गते शुक्रबार बाट दुई नेपाली चलचित्र रिलिज भएका छन्। दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश ‘ मा प्रदिप खड्का र दिया मास्के मुख्य भूमिकामा रहेका छन्। सार्वजनिक प्रचार सामग्री देखि प्रिमियरसम्म चलचित्र राम्रो प्रतिक्रिया पाएको छ। बिशेष गरि चकलेटी अभिनेता प्रदिप खड्काको चारित्रिक रुपान्तरण र अभिनयलाई सवैले खुलेर तारिफ गरेका छन्। चलचित्रमा रेनु योगी, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।

सुवर्ण थापा निर्देशित चलचित्र ‘राधा’ अभिनेत्री शृष्टि श्रेष्ठको वरिपरि घुमेको चलचित्र हो। उनको अभिनयलाई प्रिमियरमा प्रशंसा मिलेको छ । स्टारकाष्टको भिड रहेको चलचित्रमा सौगात मल्ल, दयाहाङ्ग राई, निश्चल बस्नेत, दिव्यदेव, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ।

दुवै चलचित्र दर्शकले हेरिरहेका कमर्सियल भ्यालु भन्दा फरक स्वादमा रहेका छन्। चलचित्रको भविष्य दर्शकको वर्ड अफ माउथमा निर्भर रहनेछ।

प्रतिक्रिया दिनुहोस्