A vertical shot of the black cat in the dark darkness

नेपाली पहिरनमा सजिएका गोबिन्दा र सुनिता, रियालिटी शोको जज बन्दै


नेपाली टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ को अडिसन राउण्डको प्रसारण यतिबेला चलिरहेको छ। दर्शकको राम्रो साथ बटुलिरहेको शोको ग्राण्ड प्रिमियर आगामी साता प्रसारण हुदैछ। उक्त ग्राण्ड प्रिमियरमा सहभागी हुन बलिउड अभिनेता गोबिन्दा पत्नी सुनिता अहुजासहित नेपाल आएका छन्। उक्त एपिसोडको सुटिङ्ग शनिबार सम्पन्न भएको छ। बिशेष अतिथिको रुपमा नेपाल आएका दुवैको तस्विर बाहिरिएको छ।


सार्वजनिक तस्विरमा गोविन्दा नेपाली ढाकाटोपी र दौरामा देखिएका छन् भने सुनिता चौबन्दी चोलो र सारीमा सजिएकी छन् । बिहिबार काठमाडौं आएका गोविन्दा दम्पती आज कोलकत्ता फर्कने कार्यक्रम रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्