‘प्रेमगीत ३’ लाई चलचित्र विकास बोर्डको सम्मान, भुवनले गरे सहयोगको बाचा


चलचित्र विकास बोर्डले नेपाली चलचित्र ‘प्रेमगीत ३’ को टिमलाई सम्मान गरेको छ । नेपाली चलचित्र क्षेत्रको प्रोत्साहनका लागी सदैव अग्रसर रहने वाचा गरेका विकास बोर्ड अध्यक्ष भुवन केसीले त्यसको सुरुवात गरेका हुन्। बोर्ड अध्यक्ष नियुक्त भएको केहि सातापछी आज उनले बोर्डआमा कार्यक्रमको आयोजन गर्दै हिन्दि भाषामा समेत रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’ को टिमलाई सम्मान गरेको हो। भुवनले चलचित्र विकास बोर्डबाट प्रोत्साहन मिलोस आगामी दिनमा अझै राम्रो काम गर्ने इच्छा बढोस भनेर सम्मान गरिएको बताए।

प्रेमगीत ३ टिमको तर्फबाट निर्देशक तथा निर्माता सन्तोष शेन, नायक शिव श्रेष्ठ, कलाकार सुनिल थापा, मनिष राउत, प्रेम पुरी लगायत उपस्थित रहेका थिए।

भुवनले चलचित्रको टिमलाई सम्मान गर्दै भने , मेरो चाहना सधै नेपाली चलचित्रलाई विदेशी बजारमा पुर्याउनु नै हो। यो सोच आज प्रेमगीत ३ टिमले पूरा गरेको छ। विकास बोर्ड चलचित्रलाई सहयोग गर्न सधै तयार रहेको छ। ‘
प्रदिप खड्का र कृष्टिना गुरुङ्ग मुख्य भूमिकामा रहेको चलचित्र असोज ७ गतेबाट रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्