A vertical shot of the black cat in the dark darkness

शोमा विभेद भएको भन्दै ‘राधा’ हलबाट उतारियो, ‘विरोध हैन माध्यम अर्को खोज्छौ’ – शृष्टि श्रेष्ठ


भाद्र १० गतेबाट रिलिज भएको चलचित्र ‘राधा’ लाई निर्माण टिमले हलबाट उतार्ने निर्णय गरेको छ। हलले शोमा विभेद गरेको भन्दै निर्माण टिमले चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको हो। मंगलबार राजधानीमा आकस्मिक प्रेसमिटको आयोजना गर्दै निर्देशक सुवर्ण थापा भन्छन् ‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो । दिइएको शो पनि दर्शकको समय अनुकुल थिएनन्। सोहि कारण हाम्रो टिमले चलचित्रको प्रदर्शन रोक्ने निर्णय लिएका हौ र सो कुराको जानकारी हल र वितरक दुवैलाई दिएका छौं ।’

निर्माण टिमले तीजको बेला शो बढाउने अपेक्षा गरेका थियौ तर दिएको शो पनि कम गरेपछि यस्तो अवस्थामा चलचित्रको प्रदर्शन अगाडी बढाउन नसक्ने अवस्थामा पुगेको बताएको छ। पत्रकार सम्मेलनमा सौगात मल्ल र शृष्टि श्रेष्ठ पनि रहेका थिए। दुवैले अहिलेको अवस्थमा चलचित्र प्रदर्शन गर्न नसकेको जिकिर गरे। ‘समीक्षात्मक हिसावले पनि हामीलाई राम्रो साथ मिलेको थियो। चलचित्र नै विस्तारै पिकअप लिने शैलीको छ। सोहि अपेक्षा हामीले गरेका थियौ। तर दर्शकले हेर्ने नपाएपछि कसरि अगाडी बढ्ने। ‘ , सौगात र शृष्टिले भने।

शृष्टिले यो कसै प्रतिको आवेग भन्दा पनि हामीले अर्को माध्यम बाट दर्शकसंग पुग्ने बाटो खोजेको हो। हामीले कसैलाई विरोध गरेका हैनौ तर यो माध्यमबाट दर्शकसम्म पुग्न सकेनौ।

प्रतिक्रिया दिनुहोस्