हलमा केकीसंग पति रोहित, पहिलोपटक हेरे केकीको फिल्म


अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र ‘झिंगेदाउ’ यतिबेला हलमा चलिरहेको छ । समीक्षात्मक हिसाबले राम्रो साथ पाएको चलचित्रले दर्शकको पनि राम्रो साथ पाइरहेको छ। भीमनिधि तिवारी कृत कथामा आधारित चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रिया दिईरहेको बेलामा अभिनेत्री केकीका पति रोहित तिवारी पनि चलचित्र हेर्न पुगेका छन्। चलचित्र हेरिसकेपछि मिडियासंग उनले संक्षिप्त प्रतिक्रिया दिएका छन्। बिहेपछि पहिलोपटक मिडियासंग केकी पतिले गफ गरेका थिए। उनले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन्। रोहित भन्छन्, ‘चलचित्रको कथाबस्तु र कलाकारको प्रस्तुती राम्रो लाग्यो।’

तर गज्जबको कुरा चै के छ भने लामो समयबाट अभिनयमा आफुलाई अब्बल सावित गरेकी केकीको चलचित्र भने उनि पहिलोपटक हेर्दै रहेछन् । यो कुराको पोल केकिले खोलेकी हुन्। हलमा दर्शक भेट्न पुगेकी केकीलाई श्रीमानले चलचित्र हेरेपछि के भन्नु भयो भन्ने प्रश्नमा उनि भन्छिन्, चलचित्र हरेर उहा मेरो त्यो रुप देखेर थोरै डराउनु पनि भयो। तर गज्जबको कुरा चै के छ भने रोहितले मेरो यो पहिलो चलचित्र हेर्नु भएको हो। ‘

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा केकीको साथमा आंचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउँवाला गौतम, संगम भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्