कार्तिक ४ मा ‘छक्का पन्जा ४’ !


दिपक- दिपाको समुहले निर्माण गर्ने चलचित्र प्रति दर्शक र चलचित्रकर्मीको चासो सधै हुने गर्दछ । ‘छक्का पन्जा’ सिरिजले त हयाट्रिक व्यापार गर्न सफल भएको छ। तीनवटै सिरिजले बम्पर व्यापार गरेको छ। चलचित्रको चौथो सिरिज ‘छक्का पन्जा ४’ यतिबेला सुटिङ्गको क्रममा रहेको छ।

लगभग सुटिङ्गको अन्तिम चरणमा रहेको चलचित्रको रिलिज मितिको चौतर्फी चर्चा भैरहेको छ। प्राय दशैँमा रिलिज हुने ‘छक्का पन्जा’ सिरिज यो पटक दशैमा रिलिज नहुने पक्का जस्तै भएको छ।
यतिबेला निर्माण टिमले कार्तिक ४ गतेलाई रिलिज टार्गेट गरिरहेको चर्चा रहेको छ। तिहारको अवसर पारेर चलचित्र रिलिज गर्ने सोचमा निर्माण टिम रहेको छ। उक्त समयमा रिलिज हुन नसके निर्माण टिमले आसन्न निर्वाचन र विश्वकप फुटबलको डर रहनेछ।


सोहि कारण पनि कार्तिक ४ मा रिलिज तयारीमा निर्माण टिम रहेको छ। हेमराज बिसीको निर्देशनमा तयार भएको चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, बेनिशा हमला, मलिना जोसी, लुनिभा तुलाधर, राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्