‘छक्का पन्जा ४’ फागुन मा रिलिज तय


बर्षको प्रतिक्षित चलचित्र ‘छक्का पन्जा ४’ ले अफिसियल रिलिज मिति तय गरेको छ। चलचित्रको निर्माण टिमले फागुन १९ गतेलाई रिलिज मिति तय गरेको छ। कार्तिक ४ गते चलचित्र रिलिज हुने चर्चा चले पनि निर्माण टिमले फागु पुर्णिमाको अवसर परेर फागुन १९ लाई रिलिज मिति तय गरेको छ ।

यही मितिमा ‘वर एण्ड बधु’, ‘परस्त्री’ र ‘बुलाकी’ रिलिजको तयारीमा रहेका छन्। हेमराज बिसी निर्देशित चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य लगायतक कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्