धिरेन शाक्यसंग मनको पिडा पोख्दै उषा खड्गी


गायिका रानी शाक्यको आवाजमा रहेको ‘ गुनासो के को गरुँ’ सार्वजनिक भएको छ । यो गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् ।

गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल नायक धिरेन शाक्यले पूर्व मिस नेपाल उषा खड्गीसँग अभिनय गरेका छन् । भिडियोमा धिरेनसँग बिताएका पलहरु संझिएर उषाले आँशु बगाएको देख्न सकिन्छ ।

गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाँइको छायांकन र माधव वेलवासेको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्