‘२ नम्बरी’ लाई दर्शकको साथ, कलाकर्मी देखी दर्शकको मिल्यो प्रशंसा


असोज २१ गतेबाट रिलिज भएको चलचित्र ‘२ नम्बरी’ यतिबेला हलमा उत्साहजनक हिसाबले चलिरहेको छ। दशैँको टिका लगत्तै रिलिज भएको चलचित्रले उपत्यका र उपत्यका बाहिर दर्शकको राम्रो साथ पाएको हो। न कुनै तडकभडक पूर्ण प्रचार न चलेका गीत रिलिज अगाडी दर्शसंग ‘२ नम्बरी’ को चर्चा धेरै थिएन। सार्वजनिक टीजरले ‘कबड्डी’ सिरिजको झल्को दिएको प्रतिक्रिया मिलिरहेको थियो। टिजर र ट्रेलरमा दयाहाङ्ग राई र सौगात मल्लको जोडी र प्रस्तुती दर्शकले रुचाएका थिए।

सोहि प्रभाव हलमा देखिएको छ। दर्शकले चलचित्रलाई पूर्ण मनोरन्जनात्मक भनेर प्रतिक्रिया दिईरहेका छन्। बिशेष गरि दर्शकको राम्रो साथ पाएको चलचित्र ‘प्रेमगीत ३’ रिलिज समयमा हलमा बजाईएको चलचित्रको ट्रेलरले दर्शकलाई आकर्षित गरेको छ।

चलचित्रलाई बिशेष शोमा पनि कलाकर्मीले रुचाएका छन्। दशैँ लगतै गरिएको बिशेष शो हेर्न पुगेका कलाकारले चलचित्रको प्रशंसा गरेका छन्।

दिपेन्द्र लामा निर्देशित चलचित्रमा दया र सौगातको साथमा उपासना सिंह ठकुरी, उगेन छेदेन, बुद्धि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्