A vertical shot of the black cat in the dark darkness

‘महापुरुष’ को कमाई ५ करोड नजिक, मोफसलमा दर्शक भेट्दै कलाकार


कार्तिक ११ गतेबाट रिलिज भएको चलचित्र ‘महापुरुष’ ले दर्शकको राम्रो साथ पाएको छ । प्रदिप भट्टराई निर्देशित चलचित्रको कथा र कलाकारको अभिनय दर्शकले रुचाएका छन् । चलचित्रको रिलिजको दिन देखि नै दर्शकको प्रतिक्रिया लिन निर्माण टिम हलहलमा पुगिरहेको छ। सुरुवाती ३ दिनमा ३ करोड माथिको नेट कलेक्सन गरेको चलचित्रको कमाई ५ करोड नजिक पुगेको छ।


यतिबेला चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य काम बिशेषले अमेरिकामा रहेका छन्। रिलिजको २ दिनसम्म राजधानीका हरेक हलमा पुगेर हरिवंश र टिमले दर्शकको प्रतिक्रिया बटुलेको थियो। हरिवंश अमेरिका उडे पनि चलचित्रको टिम निरन्तर दर्शकसंग भेटघाट गरिरहेको छ। वर्ड अफ माउथको राम्रो साथ पाएको चलचित्रको टिम यतिबेला मोफसल टुरमा रहेको छ। दाङ, नेपालगंज, बुटवल लगायतका सिनेमा हलमा पुगेर निर्माण टिमले दर्शक भेटिरहेको छ।

प्रतिक्रिया दिनुहोस्