विशाल भण्डारीको निर्देशनमा कमेडी च्याम्पियन र ओएसआरको नयाँ चलचित्र


टेलिभिजनमा सफल रहेको कमेडी च्याम्पियन टिम र डिजिटल कम्पनि ओएसआरको संयुक्त निर्माणमा नयाँ चलचित्र बन्ने भएको छ। ओमप्रकाश अग्रवाल निर्माता रहने चलचित्रलाई विशाल भण्डारीले निर्देशन गर्दैछन्।

यम थापाको कथामा बन्ने चलचित्रको लागी लेखक थापा, निर्देशक भण्डारी र निर्माताबीच बिहिबार सम्झौता भएको छ। कलाकारको टुंगो लगाएर चाडै नै चलचित्रको औपचारिक घोषणा गर्ने तयारी रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्