लक्ष्मी र जीवनको जीवन्त अभिनयमा रेखाको ‘शिरफुल’


गायिका रेखा जोशीको स्वरमा ‘शिरफुल–सुनका बाला २’ गीत सार्वजनिक भएको छ । गीतमा मिस्टर आरजेको शब्द तथा संगीत छ । गीतको अडियो निकै कर्णप्रिय बनेको छ ।

भिडियोमा कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराइको अभिनय रहेको छ। दुवैको अभिनय जीवन्त रहेको छ । अडियोको भावलाई भिडियोमा उतार्न लक्ष्मी र जीवनले भरपुर मिहेनत गरेका छन् ।

भिडियोमा लक्ष्मी र जीवनको साथमा अश्विनी बर्देवाको अभिनय छ । बुद्ध लामाको छायांकनमा तयार भएको भिडियोमा विष्णु खड्काको सम्पादन छ ।

काठमाडौंमा काम गर्न गएका आफ्ना श्रीमानलाई सम्झिएर सुदुरपश्चिमकी एक महिलाले पोखेको भावमा यो गीत तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्